Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

ओलीको उधारो आश्वासनमा नेपालको ‘अविश्वास’

१५ कार्तिक
काठमाडौँ
– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीच अन्तरद्वन्द चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आगामी नेतृत्वको लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरे पनि नेपालको विश्वास जित्न सकेका छैनन। प्रधानमन्त्री ओलीले धेरै पटक उधारो आश्वासन दिएकाले उनले तत्कालै पत्याइहाल्ने र विश्वासमा परेर ओलीलाई सहयोग गरिहाल्ने अवस्था नभएको हो।

ओलीले नेपाललाई धेरै पटक धोका दिएकाले अहिले पनि विश्वास नगरेको नेपाल निकट नेताहरुको दावी छ। ‘अहिले अवस्थामा माधव नेपाललाई दिएको आश्वासन समास्याको सामाधन होइन ओलीले तेस्रो अध्यक्षको प्रस्ताव नै गरेका थिए तर उहाँले विधि पद्धतिको कुरा उठाउँदै आउनु भएकाले अहिले गरिएको प्रस्तावको पनि कुनै अर्थ छैन’, माधव नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार कुरा गर्ने काम नगर्ने भएर अविश्वास भएको बढेको हो। त्यसको समाधान व्यवहारमा खोज्नु पर्यो। ‘संस्थागत ढंगले चल्नुपर्यो भन्ने माधव नेपालको भनाई हो उहाँलाई पदको आवश्यकता होइन’, ती स्थायी कमिटी सदस्यको भनाई थियो।

नेपाल निकट स्थायी कमिटी सदस्य बेदुराम भूसालले भने भदौ २६ स्थायी कमिटीको बैठक सकिएपछि नेताहरुमा किन समस्या आएको छ यो समस्यालाई हल गर्न नेताहरु किन व्यक्ति व्यक्ति भेट गरिरहनु भएको छ यसले तत्कालिन समस्या नै समाधान पनि भएन भने दीघकालिन समस्या कसरी समाधान गर्न सकिन्छ भनेर विश्वास गर्न सकिने आधार नभएको बताए।

उनले ओली नेपालको भेटमा के के कुराकानी भयो भन्ने बारेमा आफूलाई जानकारी नभएको समेत बताए। ‘उहाँहरुबीच पारिवारिक कुराकानी भयो होला तर नेताहरु भेटघाट भएपछि मिडिया समाचार आउने भएकाले त्यसको महत्व बढेको हो उहाँहरुबीच के के विषयमा कुराकानी भयो भन्ने मलाई जानकारी छैन’, नेपाल निकट स्थायी कमिटी सदस्य भूसालले भने। यो खबर नागरिक दैनिकमा छ।

WRITE COMMENTS FOR THIS ARTICLE