मन्त्रिमण्डललाई पूर्णता दिनेबारे बालुवाटारमा छलफल
६ आश्विन काठमाडौं – सत्तारूढ गठबन्धनको बैठक आज पनि बालुवाटारमा बस्ने भएको छ। मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल गर्न आज छलफल हुन लागेको हो।
मंगलबार पनि सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको थियो । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आज गठबन्धन बैठक बस्ने र मन्त्रिमन्डल विस्तारबारे छलफल हुने बताउनुभयो।
स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले बिहीबारसम्म मन्त्रिपरिषद विस्तार हुने बताउनुभएको थियो। मन्त्रिमन्डल विस्तार गर्नेबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा विफ्रिङ गर्नुभएको थियो।
महराका अनुसार दल विभाजनसम्बन्धी अध्यादेश अर्को विधेयक ल्याएर प्रतिस्थापन गर्ने तयारी छ। यो अध्यादेश सक्रिय भएसम्म जसपाले मन्त्रीको नाम दिन मानेको छैन।
‘गठबन्धनको बैठक बस्दैछ। त्यहाँ मन्त्रिपरिषद विस्तारबारे छलफल हुन्छ,’ उहाँले भन्नुभयो, ‘भोलि संसद बैठक बस्दैछ। दल विभाजन सम्बन्धी अध्यादेशलाई अर्को विधेयकबाट प्रतिस्थापन गर्ने तयारी छ।’
गठबन्धन बैठकमा कसले कुन मन्त्रालय लिनेबारे छलफल हुने बताइएको छ। बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुनेछ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE