सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँ घट्यो
९ फागुन, काठमाडौँ – नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ९सोमबार० ९६ हजार २०० रुपैयाँमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको सुनको मूल्य ९६ हजार १०० रुपैयाँ तोकिएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोलामा ५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला १३०५ रुपैयाँ रहेको चाँदीको प्रतितोला मूल्य आज १३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE