Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ सम्मका लागि लम्ब्याइयो

सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ सम्मका लागि लम्ब्याइयो

२४ जेठ, काठमाडौं– सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ।

सोमबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले सुर्खेतमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

‘जिल्लामा संक्रमणको दरमा केही कमी आएको तर, जोखिम उच्च रहेकाले संक्रमणको जालो नतोड्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भन्नुभयो, ‘डीसीएमसीको बैठकले ३१ गतेसम्मका लागि थप्ने निर्णय गरेको छ ।’

सुर्खेतमा गएको वैशाख १४ गते यता लम्ब्याइदै गएको निषेधाज्ञा जेठ ३१ गतेसम्म पुगेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE