Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

विन्डोज १० को नयाँ संस्करण जुन २४ मा सार्वजनिक हुने

विन्डोज १० को नयाँ संस्करण जुन २४ मा सार्वजनिक हुने

एजेन्सी– माइक्रोसफ्ट कम्पनीले आफ्नो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजको नयाँ संस्करण आगामी जुन २४ मा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले आफ्नो अपरेटिङ सिस्टम अपग्रेडको घोषणा गरेको एक हप्तामै यो खबर बाहिरिएको हो ।

कम्पनीका सीईओ सत्य नादेल्लाले विन्डोजको आगामी नयाँ संस्करणलाई पर्सनल कम्प्युटर अपरेटिङ सिस्टमको क्षेत्रमा यो दशककै सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेका छन् ।

नयाँ संस्करणमा विन्डोजको आइकन र डिजाइनमा परिवर्तन हुनेछ भने विन्डोजले सर्जक तथा डेभलपर्सलाई सिर्जनाको मौका पनि दिनेछ । विन्डोजले प्रयोगकर्ता तथा समुदायको बीचमा सम्बन्ध स्थापित पनि नयाँ संस्करणले सहयोग गर्ने बताइएको छ ।

माइत्रोसफ्टले नयाँ विन्डोज सार्वजनिक कार्यक्रमका लागि सञ्चारमाध्यमहरुलाई निम्तो पनि पठाइसकेको छ ।

विन्डोज १० को नयाँ संस्करणमा भिजुअललगायत नयाँ सिष्टम आइकनहरू, फाइल एक्स्प्लोररमा सुधार गरिएको छ । अपग्रेडेड भर्जनमा एक्सबक्स अटो एचडीआर सुविधा र ब्लुटुथ साउन्ड सपोर्टमा पनि सुधार गरिएको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE