नेकपा ओली समूहले बुटवलमा शक्ति प्रदर्शन गर्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
१ फागुन
काठमाडौँ – सत्तारुढ नेकपाको ओली समूहले आज लुम्बिनी प्रदेशको बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । बुटवलको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
शनिबार बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त शक्ति प्रदर्शनमा २ लाख जनता उतार्ने ओली समुहको दावी छ ।
नेकपाको प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गरेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले जनसागर हेर्न बुटवल आउनुस् भन्दै जनसभाको घोषणा गरेका थिए । उनले एउटै प्रदेशमा कस्तो जनसागर हुन्छ बुटवलमा देखाउने बताएका छन् ।
प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलका अनुसार सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको दाबी गर्नुभएको छ ।
आफूहरुको शक्ति प्रदर्शन आन्दोलन नभएर अभियान भएको मुख्यमन्त्रीको भनाइ छ । फागुन १ गतेको कार्यक्रमलाई लक्षित गर्दै नेकपा केपी ओली पक्षले बिहीबार नै बुटवलमा मोटरसाइकल र्याली समेत गरेको छ ।
ओली समूहले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी र चितवनसहित काठमाडौंमा शक्ति प्रदर्शनसहित जनसभा गरिसकेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE