Date
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023

उपत्यकाको निषेधाज्ञा साउन १० गतेसम्मका लागि लम्बियो, काठमाडौं प्रवेशका लागि प्रशासनको पास नचाहिने

उपत्यकाको निषेधाज्ञा साउन १० गतेसम्मका लागि लम्बियो, काठमाडौं प्रवेशका लागि प्रशासनको पास नचाहिने

३१ असार, काठमाडौं– कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्मका लागि लम्ब्याइएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र उपत्यकामा प्रवेश पाइने व्यवस्था गरेको छ ।

यद्यपि अब उपत्यका आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ ।

यसअघि उपत्यका प्रवेश गर्न प्रशासनको पास अनिवार्य गरिएको थियो ।

यस्तै सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् भने अन्य आदेश र प्रावधानहरु साविककै कायम रहने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताउनुभयो ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE