Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

दाङमा मुर्ति चोर्नेहरुको पहिचान गरि कार्वाही गर्न विश्वहिन्दु युवासंघको माग

२१ कात्तिक 
काठमाडौं दाङ तुल्सिपुरको वडा नम्बर ६ मा रहेको त्रिसिद्देश्वरी मन्दीरमा भएका दान पेटि तोडेर नगद चोरी गरी मन्दिरमा भएका बाघका मुर्तिहरु तोडफोड गर्ने घटनामा संलग्नलाई पहिचान गरी कार्वाही गर्न बिश्व हिन्दु युवा संघले सरकार सँग माग गरेको छ। संघको तर्फबाट आज बिश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका छन।

उनले गएराति मन्दिरमा भएको चोरी र मुर्ति तोडफोड घटना सरकार गम्भीर नबनेको कारन घटेको आरोप समेत लगाएका छन। विज्ञप्तिमा भनिएको छ दाङको त्रिसिद्देश्वरी मन्दिरको दान पेटिबाट पैसा चोरी गरेर उक्त मन्दिरमा भएका मुर्ति तोडफोड गर्ने अपराधीलाई पहिचान गरी तत्काल कार्वाहीको दायरामा ल्याउन हामि सरकार सँग जोडदार रुपमा माग गर्दछौ।

मन्दिर जस्तो निस्वार्थ स्थानमा पनि यस्ता अपराधीक गतिविधि गर्ने ब्यक्तिलाई यदि राज्यलेनै कार्वाही नगरेर उन्मुक्ति दिए,ति ब्यक्तिनै भोलि समाजमा अशान्ति मच्चाउन लाग्ने भएकाले यस्ता अराजक ब्यक्तिलाई तत्काल कार्वाहीको दायरामा ल्याउन जरुरी छ।

WRITE COMMENTS FOR THIS ARTICLE