
चितवनमा सडकनजिकै युवकको शव फेला
चितवनमा सडकनजिकै युवकको शव फेला

७ साउन, काठमाडौं– चितवनको भरतपुरस्थित सिमलडाँडा सडकछेउको सडक छेउमा एक पुरुष मृत फेला परेका छन्।
वस्तीबाट करिब ३ सय मिटर पर सडक नजिकै आज बिहान ७ बजेतिर ३० वर्षजतिका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।
पैदलयात्रुले कालोपत्रे सडकनजिकैको घोलमा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा अनुसन्धान टोली पठाएर अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अहिलेसम्मको शवको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।
अनुसन्धानरत प्रहरीका अनुासर ती पुरुषको टाउकोमा गोली लागेको जस्तो देखिएको छ भने घटनास्थलमा एक थान गोलीको खोका भेटिएको छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE