मदनकृष्णको आग्रह- ‘कोरोनालाई खेलाची नसोचौं’
१८ वैशाख, काठमाडौं – दोस्रो पटक कोरोना संक्रमित बनेका कलाकार मदनकृष्ण श्रेष्ठ ८ दिन लामो अस्पताल बसाइँपछि शुक्रबार डिस्चार्ज भएका छन्।
श्रेष्ठका परिवारका पाँचै जनालाई संक्रमण भएको थियो । ८ दिन राजधानीको मेडिसिटी अस्पताल बसेर डिस्चार्ज भएसँगै श्रेष्ठले एक भिडियो सन्देश जारी गरेर कोभिड–१९ बाट सुरक्षित बस्न आग्रह गरेका छन्।
यसपटकको कोरोनाले आफूलाई निकै गालेको बताइरहँदा मदनकृष्णको श्वास फुलिरहेको थियो। उनी अफ्ट्यारोसँग संक्रमणबाट बच्न सुझाव दिइरहेका थिए।
उनले कोरोनालाई खेलाचीको रुपमा नलिन आग्रह गरे। सावधानी अपनाउन, मास्कको प्रयोग गर्न र नियमित सावुन पानीले हात धुन आग्रह गरे।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE