Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

४ फागुन, काठमाडौं – बलात्कार गरेको आरोपमा नेकपा एमालेका संघीय सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत बाँकेले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

पक्राउ पूर्जी जारी भएसँगै अब कानुनी प्रक्रिया अघि बढाइने बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए।

प्रतिनिधि सभा सदस्य बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन्।

WRITE COMMENTS FOR THIS ARTICLE