Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

त्रि.वि.का सबै परीक्षाहरु स्थगित

१३ बैशाख, काठमाडौँ – त्रिभुवन विश्विद्यालया (टियू) आंगिक तथा सम्बन्धप्राप्त क्याम्पसहरुको वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका सञ्चालन भइरहेका विभिन्न कक्षाका परीक्षाहरु स्थगित गरिएको छ ।

सोमबार टियुले सूचना प्रकाशित गर्दै दोस्रो चरणको कोभिड–१९ संक्रमणका कारण स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु पूर्ण रुपमा अर्को सूचना नआएसम्म बन्द गरिएको जनाएको छ ।

सूचनामा भनिएको छ , ‘कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्चालित तथा सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्चालन गर्न नसकिने परीक्षा सिर्जना भएकाले २०७८/१/१३ गते बसेको त्रि।वि। केन्द्रिय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुसार अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा स्थगित गरिएको सूचना प्रकाशित गरिएको छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: