नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील छ : सञ्चारमन्त्री कार्की
२९ पुष , काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीब्र रुपमा फैलिरहेको कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको बताएका छन् ।
त्यस्तै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील रहेको पनि बताएका छन् ।
मन्त्री कार्कीले कोरोना संक्रमणबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै भनेका छन्, ‘पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ ।’
त्यस्तै उनले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध रहेको खोप अभियान तीब्र गतिमा अगाडि बढेको पनि बताएका छन् । त्यसोत, विगत एक सातादेखि नेपालमा तीब्र रुपमा कोरोना संक्रमितहरु बढिरहेका छन् ।
बुधबार मात्रै पनि नेपालमा तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै २ सय ७८ जना संक्रमणमुक्त भएका थिए, भने २ जनाको मृत्यु भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE