Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

स्थानीय तह निर्वाचन २०७९: को-को कहाँ-कहाँ विजयी भए

२ जेठ, काठमाडौँ
बझाङको दुर्गाथलीमा माओवादी केन्द्रका थापा विजयी
बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलबहादुर थापा विजयी भएका छन् । उनी २ हजार ८२३ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर धामी १ हजार ८८३ मत प्राप्त गरेका छन् ।

रसुवाको कालिका गाउँपालिकामा कांग्रेसका हरिकृष्ण देवकोटा विजयी
कालिका गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिकृष्ण देवकोटा निर्वाचित भएका छन् । उपाध्यक्ष कांग्रेसकै मिरा तामाङ निर्वाचित भएकी छिन् । देवकोटाले २ हजार ६ सय २२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस निर्वाचित
रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्रका थाम बहादुर राई बिजयी भएका छन् । सत्ता गठबन्धन दलबाट उमेरदवार बनेका उनले एमालेका बलराम राईलाई हराउँदै अध्यक्ष जितेका हुन् ।

दाङको राजपुर गाउँपालिकामा कांग्रेस विजयी
राजपुर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शरद बुढाथोकी विजयी भएका छन् । अध्यक्षमा बुढाथोकी ३ हजार ९ सय ८० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १ सय ६७ मत प्राप्त गरेका छन् ।

ठूलीभेरी नगरपालिकामा कांग्रेस विजयी
डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् । प्रमुखमा श्वबर्णकुमार बुढा र उपप्रमुखमा छिरिङ टोल्मा महत निर्वाचित भइन् । बूढाले नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकायलाई पराजित गरे ।

मदाने गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार १० मतले विजयी, उपाध्यक्षमा एमाले
गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा झिनो मतान्तरले नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार कुँवरले एमालेका प्रेम केसीलाई जम्मा १० मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

सिरहाको भगवानपुरमा एमालेको वर्चस्व
सिरहाको भगवानपुर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित चार वडाध्यक्षमा एमाले विजयी भएको छ । भगवानपुर गाउँपालिका अध्यक्षमा एमालेका उग्रनारायण यादव विजयी भएका छन्।

ओखलढुंगाको चम्पादेवीमा काँग्रेसका केसी र एमालेकी मगर विजयी
चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी विजयी भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी दिलामाया मगर विजयी भएकी छन् । अध्यक्षमा केसीले ४ हजार ७ सय १५ मत ल्याए । उपाध्यक्षमा मगरले ४ हजार ६ सय १३ मत प्राप्त गरिन् ।

मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी विजयी
दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन् । धामी ४ हजार ३४ मत ल्याएर विजयी भएका हुन् ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्रका शर्मा विजयी
चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । नेपाली कांग्रेससँगको गठबन्धनमा शर्मा अध्यक्ष पदमा विजयी भएका हुन् ।

इलामको सन्दकपुरको अध्यक्षमा कांग्रेसका गुरुङ विजयी
सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका तुलाराम गुरुङ विजयी भएका छन् । निवर्तमान अध्यक्ष उदय राईलाई पराजित गर्दै गुरुङ विजयी भएका हुन् ।

दाजुभाइ नै गाउँपालिका अध्यक्षमा विजयी
जारी स्थानीय तहको निर्वाचनमा दाजुभाइ नै दुई फरक जिल्लाको फरकरफरक गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । मतगणनाको सोमबार सर्वजनिक मत परिणामअनुसार प्रदेश नं। १ धनकुटा र ओखलढुंगा जिल्लाबाट दाजुभाइले नै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेसका धामी विजयी
बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेसका हरिसिंह धामी विजयी भएका छन् । धामी ३ हजार ४ सय ४९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जस्वीर सिंह बोहराले १ हजार ८ सय मत प्राप्त गरे । धामीले गएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै पालिकाको अध्यक्षमा जितेका थिए ।

दार्चुलाको शैल्यशिखर नगरपालिकामा एमाले विजयी
दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका विजयसिंह धामी ४ हजार ५ सय ४४ मतका साथ विजयी भएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE