‘हेर्न नमिल्ने’ मा पर्यो अफताव आलमको मुद्दा
२५ भदौ,काठमाडौँ-व्यक्ति हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री अफताव आलमले दर्ता गरेको निवेदनउपरकोे सुनुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ।
आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्न न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको थियो। तर, पछि अदालतले ‘हेर्न नमिल्ने’ मा राखेको हो ।
२०६४ मा संविधानसभा सदस्यको निर्वाचनअघि रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा आलमको प्रमुख भूमिका रहेको भन्दै दायर रिट जिल्ला अदालत रौतहटमा विचाराधीन छ। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि आलम हाल ललितपुरस्थित नख्खु कारागारमा छन् ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE