लोकसेवा आयोगको फारम भर्ने मिति १ साता थपियो
काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहको पदपुर्तीका लागि प्रकाशित गरेको विज्ञापनमा आवेदन दिने समय १ साता थप गरेको छ । आयोगको मंगलबार बसेको बैठकले फारम भर्नेको संख्या अत्यधिक बढेपछि असार १० गतेसम्म समय थप गर्ने निर्णय गरेको हो ।
आयोगले असार १७ गतेसम्म दोब्बर दस्तुरमा फारम भर्न सकिने समेत जानकारी दिएको छ । यस अघि असार ३ गतेसम्म फारम भर्ने समय दिइएको थियो ।सुविदीले भने, ‘पछिल्ला ३ दिनमा आवेदन दिनेको चाप अत्यधिक भएकाले असार १० गतेसम्मका लागि आवेदन थप गरिएको हो ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE