Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बालुवा पेलेर तेल निस्किनु र ओली सुध्रिनु एउटै हो : माधव नेपाल

१५ फागुन
काठमाडौँ –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अव केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नभएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलामा बोल्दै नेपालले सो कुरा बताएका हुन् । उनले केपी ओलीलाई नसुध्रने बताउदै बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको बताए ।

वामदेव गौतमले अहिले ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताउदै उनले आफूले ुबालुवा पेलेर तेल निस्किदैन तर पनि कोसिस गर्नुस्ु भनेको बताए ।

ओलीसँगको एकताको कुनै सम्भावना नभएको बताउदै उनले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । कुनै भ्रममा नपर्नुस् । केपी ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ छैन । बाम लगाएर आँशु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् ।’

उनले ओलीलाई कम्युनिष्ट पार्टीको कुनै माया नभएको बताउदै मदन भण्डारी फाउण्डेसन गुट भएको बताए।

WRITE COMMENTS FOR THIS ARTICLE