Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सेनामा नयाँ साङ्गठनिक संरचना कार्यान्वयन

२ साउन, काठमाडौँ – नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कार्यान्वयनमा ल्याएको छ । सङ्गठनको ‘चेन अफ कमाण्ड’लाई थप चुस्त दुरुस्त र छिटोछरितो बनाउन नयाँ साङ्गठनिक पुनर्संरचना शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको छ ।

नयाँ संरचनाअनुसार पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड गरी चारवटा केन्द्रीय कमान्ड लागू गरिएको छ । कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौँ उपत्यकाका लागि एक गरी जम्मा चारवटा केन्द्रीय कमान्ड लागू गरिएको नेपाली सेनाले जनाएको छ ।

सेनाले यस संरचनालाई ‘तीन जोड एक केन्द्रीय कमान्ड’ नामकरण गरेको छ । नयाँ संरचना लागू भएसँगै यसअघि सातवटै प्रदेशका सातवटा र काठमाडौँ उपत्यकाका एउटा गरी आठवटा पृतना शुक्रबार खारेज भएको छ । यो खबर गोरखापत्र दैनिकमा छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE