भक्तपुरमा जिल्ला स्तरीय आमन्त्रित ब्याडमिन्टन टुर्नामेन्टको तयारी पुरा
१५ चैत्र
काठमाडौँ – निओ ब्याडमिन्टन समुहले आयोजना हन लागेको भक्तपुरमा जिल्ला स्तरीय आमन्त्रित ब्याडमिन्टन टुर्नामेन्टको तयारी पुरा भएको छ ।

नियमित खेल खेलौँ, मनोरञ्जन गरौं, मस्त हौं, स्वस्थ रहौँ भन्ने नाराका साथ २०७७ चैत १६ गते देखि भक्तपुरको सुर्यबिनायकमा खेल हुने भएको हो । खेलको उद्घाटन सूर्यविनायक नगरपालिका ८ का वडाध्यक्ष किरण थापाले गर्नुहुने आयोजकले जनाएको छ । खेलका लागि हालसम्म १६ ओटा टिमले नाम दर्ता गराएको अयोजक छोनाम मोक्तान ले जनाकारी दिनुभयो ।

निओ ब्याडमिन्टन समुहको आयोजना र निओजिअन स्कुलको संयोजनमा उक्त खेल हुने भएको हो ।
प्रतियोगिता पुरुष डबल समुहको हुने आयोजकले जनाएको छ । खेलमा प्रतियोगितामा प्रथम, द्धिपतय र तृतिय हुनेलाई नगल पुरस्कार र फ्रेम सहित प्रमाणपत्र प्रदान गरिने निओ ब्याडमिन्टन समुहका अध्यक्ष तथा आयोजक समुहका संयोजक मोक्तानले सवाल मिडियालाई जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE