अध्यात्म ज्ञान ओलम्पियाड सम्पन्न
६ पुष
काठमाडौँ– युवाहरूमा आध्यात्मिक सचेतना बढाउने उद्देश्यले अध्यातम ज्ञान ओलम्पियाडको नाममा राष्ट्रिय स्तरको निबन्ध प्रतियोगिता सम्पन्न भएको छ। फेमेली पीस एसोसियस (एफ.पी.ए) को आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो।
मुलुक लकडाउनमा भएको बेला एफ.पी.ए नेपालले उक्त निबन्ध प्रतियोगिताको आयोजना गरेको थियो। अनलाइन मार्फत दुई चरणमा आयोजना गरिएको सो निबन्ध प्रतियोगितामा मुलुक भरका युवाहरूले सहभागिता जनाएको आयोजकले बताएको छ। गत शनिवार प्रतियोगिताका विजयीहरूको घोषणा गरिएको थियो।
प्रतियोगितामा सुर्खेतका दीपक सिंह वि.क.प्रथम, सर्लाहीकी सजीना खनाल द्वितीय र सुनसरीका साजन आचार्य तृतीय भएका थिए। प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १२ हजार र ७ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्था एफ.पी.ए नेपालका सभापति डा. किशोर राजभण्डारीले जानकारी दिनुभयो।
विजयी घोषणा समारोहमा नेपाल सरकारका पूर्व मन्त्री इन्जिनियर गणेश शाहले मुलुकको सर्वाङ्गीण विकासका लागि युवाहरूमा आध्यात्मिक सचेतना वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो। उहाँले समाज एवं देशलाई अधि बढाउनका लागि हरेक व्यक्तिले कुनै पनि काम गर्दा ज्ञान र सीपलाई जस्तै आध्यात्मिक पाटोलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने कुरामा जोड दिनुभयो।
आफूले सोचेको भन्दा नयाँ पुस्ता थप जिम्मेवार र सजिलै समाजमा आध्यात्मिक सचेतना वृद्धि गर्न लागिपर्न सक्ने पाएको बताउनु भयो सो संस्थाका अध्यक्ष जिन्तु खनालले।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE