आजदेखि बिहान ११ बजेसम्म पसल खुल्ने
१ असार, काठमाडौँ – आजदेखि काठमाडौं उपत्यकाका निषेधाज्ञा केही खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर तथा भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको केही दिनअघिको बैठकले आज असार १ गतेदेखि एक सातासम्मका लागि निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको थियो ।
जस अनुसार आजदेखि हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न पाइने छ । हार्डवेयर र पुस्तक पसलहरु बिहान ११ बजेसम्म मात्र खुल्ला हुनेछन् भने अनलाइन डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइने छ ।
त्यस्तै हिजोसम्म ९ बजेसम्म मात्र खुल्ला हुने किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु आजदेखि बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।
यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल पनि बिहान ११ सम्म मात्र खोल्न पाइनेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE