Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

उपत्यकामा भोलीदेखि जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने

२५ सिट बढी क्षमताको सवारी हुनुपर्ने

१४ असार, काठमाडौं– काठमाडौ उपत्यकामा भोलीदेखि सार्वजनिक सवारी साधन खुला हुने भएको छ ।

आज बिहान बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सार्वजनिक सवारीसाधन खुला गर्ने निर्णय गरेको हो ।

प्रशासनले २५ सिट भन्दा बढी क्षमता भएका सवारी साधन सञ्चालन गर्न दिइने निर्णय भएको चलाउन दिने निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ उमाकान्त अधिकारीले बताए।

सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन दिने निर्णय गरिएको हो।

सार्वजनिक सवारी साधन सञ्चालनका लागि जोर–बिजोर प्रणाली लागू गर्ने उनले बताए ।

यद्यपि उपत्यकामा जारी निषेधाज्ञा भने एक साताका लागि लम्ब्याउने निर्णय गरिएको छ । निषेधाज्ञाकै बीच उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालन गरिने भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE