टिकटक बनाउने बहानामा सुनको सिक्री लिएर फरार दुई युवती पक्राउ
२० आश्विन, काठमाडौँ –टिकटक बनाउनका लागि भन्दै लिएको सुनको सिक्री लिएर फरार भएका दुई महिला पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं–३२, जडीबुटीमा बस्दै आएकी १९ वर्षीया उर्मिला भन्ने यूनिसा मगर र काभ्रेकै नमोबुद्ध नगरपालिका–८ घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएकी रोशनी भन्ने सुनिता तामाङ छन् ।
उनीहरूले एक पुरुषलाई बोलाएर होटलको कोठामा लगी सुनको सिक्री लिएर बेपत्ता भएका थिए । जिल्ला दोलखा मेलुङ्ग गाउँपालिका–४ घर भई हाल काठमाडौं बौद्ध बस्ने ती पुरुषलाई यूनिसा र सुनिताले फोन गरी एयरपोर्ट बोलाएका थिए । एयरपोर्टबाट उनीहरूले ती पुरुषलाई ट्याक्सीमा राखी ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेज पुर्याएका थिए।
यसपछि युनिसाले टिकटक बनाउन्छु भनी करिब अढाई लाख पर्ने सुनको सिक्री ती पुरुषबाट लिएकी थिइन्। तर केही छिनमा नै उनीहरूले साथीको जन्मदिन मनाउन चपागाउँकै मोक्तान होटलमा जाने कुरा बताइन्। यसपछि उनीहरू तीनै जना उक्त होटलमा पुगेका थिए। त्यसबेलासम्म पनि सिक्री युनिसाकै साथमा थियो।
होटलको कोठामा पुगेपछि सुनिता तामाङ र ती पुरुषलाई मात्र होटलको कोठामा छाडेर बाहिर निस्किएकी थिइन् । यसपछि सुनिताले रेडमी कम्पनीको मोबाईल कोठामा छोडी बाहिरबाट कोठा बन्द गरी बाहिरिएकी थिइन्।
पीडित पुरुषको उजुरीपछि उनीहरू दुवै जनलाई प्रहरीले गोगबुबाट सोमबार पक्राउ गरेको हो । उनीहरूविरुद्ध ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर जवालाखेल, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE