Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

१२ वर्षे जात्रा सञ्चालन तथा व्यवस्थापन मुल समितिको संयोजकमा मेयर गजेन्द्र महर्जन

विभिन्न पाटी–पौवा वा अन्य ठाउँमा बस्दा खुट्टा भुन्ड्याएर बस्न निषेध

२७ साउन, काठमाडौँ -ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोका नवदूर्गा भवानी देवी गुठीले आफ्नो १२ वर्षे जात्रा सफलतापूर्वक सञ्चालन गर्नका लागि मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन गरेको छ । गुठीले विहीबार पत्रकार सम्मेलन गरेर १२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा २७ जनाको मुल व्यवस्थापन समिति गठन गरिएको जानकारी गराएको हो ।

यसका साथै उप–संयोजकहरुमा गोदावरी नगरपालिका–१२ का वडाध्यक्ष जगतबहादुर महर्जन, नवदूर्गा गुठीका नाइके भक्तलाल माली, नवदूर्गा भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली रहेका छन् । त्यस्तै, आर्थिक संयोजकमा धर्मराज माली, प्रचार–प्रसार संयोजकमा विकास माली र स्वयं सेवक संयोजकमा राजन्द्र माली रहेका जानकारी गराइएको छ ।

त्यस्तै, सदस्यहरुमा गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रतिनिधि, ठेचो तःगुठीका नाइके पुष्पनारायण महर्जन, पूर्णी गुठीका ज्ञानबहादुर महर्जन, चह्रे गूठीका बसन्तकुमार महर्जन, मूः गूठीका मिलन महर्जन, न्हेय्स गूठीका रामगोपाल महर्जन, कोना गुठीका प्रतिनिधि छन् ।

त्यस्तै ठेचो सांस्कृति बाजा संरक्षण समितिका अध्यक्ष बाबुराम महर्जन, गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगनाथ महर्जन, नव सुर्योदय युवा क्लबका अध्यक्ष महेन्द्र माली, नवदूर्गा धिमे पुचःका अध्यक्ष राजमाली, नवदूर्गा टोल सुधार समितिका अध्यक्ष रत्नबहादुर माली, ठेचो सहकारी समन्वय समितिका अध्यक्ष चन्द्र गोविन्द महर्जन, महानगर प्रहरी वृत चपागाउँका प्रतिनिधि रहेका छन् ।

यसका साथै ठेचो मिसाधिमे पुचःका अध्यक्ष नग्मा माली, साविक ठेचो गाविस अध्यक्ष हरिराम महर्जन, स्थानीय समाजसेवी सानु महर्जन, राजेन्द्र माली, विकास माली, हिरा माली, सञ्जु माली महर्जन, सानदेवी माली रहेका छन । यता सल्लाहकारमा ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल, सांसदद्वय राजकाजी महर्जन, दिपेश महर्जन र नवदूर्गा भवानी देवी गुठीका सल्लाकार सुर्य माली छन् ।

आर्थिक व्यवस्थापन

१२ वर्षे जात्रा सफलतापूर्व सम्पन्न गर्नका लागि गोदावरी नगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गरेको छ । विभिन्न पूजापाठका लागि ७६ लाख ४३ हजार १५० रुपैयाँ खर्च लाग्ने उल्लेख गर्दै गूठीले सहयोग उपलब्ध गराउनका लागि पहलकदमी गर्ने मेयर महर्जनलगायतका जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेको छ ।

यसरी जात्रा सञ्चालनका लागि नगरपालिकाले विनियोजन गरेको उक्त रकमबारे सामाजिक सञ्जालमा विभिन्न आलोचना भएतापनि १२ वर्षे जात्रा अवधिभर लाखौं खर्च हुने गूठीले जनाएको छ । साथै, उक्त रकम नगरपालिकाले विनियोजन नै नगरेको भए १२ वर्षे जात्रा सञ्चालन गर्न मुस्किल पथ्र्यो, गूठीले भनेको छ ।

जात्रामा निषेधत कुराहरु

जात्रा सुरु भएसँगै ठेचोका बस्तीमा वारव्यार, भोजभतेर, बिहे, ब्रतबन्धलाई निषेध गरिएको छ । विभिन्न पाटी–पौवा वा अन्य ठाउँमा बस्दा खुट्टा भुन्ड्याएर बस्न, बास बसाल्ने गरी पाहुनालाई सत्कार गर्न, राति हिँडडुल गर्न, सिट्टी, ताली, घण्टा बजाउन पनि निषेध गरिएको छ ।

त्यस्तै नवदूर्गा गुठीको आफ्नो बाजाबाहेक अन्य बाजागाजा बजाउन पनि निषेध गरिएको छ । नवदूर्गाको पर्व पूजामा भने नवदूर्गा गूठी बाहेक अन्य बाजा पनि बजाउन मिल्ने चलन छ । यो बन्देज नवदूर्गा गुठीको धुःखः नामक नाच सम्पन्न नभएसम्म लागू हुनेछ ।

धुःखः नामक नाच फागुनरचैत तिर हुने गर्दछ । नवदुर्गा नाचमा १३ देवगण छन् । भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव ।

जात्राका विषेशता

गूठीका अनुसार नवदुर्गा नाचको पनि छुट्टै विषेशता रहेको छ । नवदूर्गा नाचको १२ वर्षे जात्रा २०७९ साउन १० गते गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि प्रारम्भ भइसकेको छ । मन्दिरमा ताल्चा १२ वर्षे जात्राको क्रममा एक पटक मात्र लगाइन्छ ।

अन्य बर्षहरुमा ३ सय ६५ दिन नै खुल्ला राख्ने परम्परा छ । यसरी लगाएको ताल्चा अब यहि भदौ ९ गते जुगचह्रे तिथिमा पूजाआजा गरी खोल्ने गरिन्छ । त्यसपछि राष्ट्रप्रमुखलाई नवदूर्गा गुठियारको तर्फबाट सुपारी चढाउने चलन छ । त्यसपछि क्रमशः अन्य पर्व पूजाहरु सुरु हुने गुठीले जनाएको छ ।

यस्ता छन् १२ वर्ष जात्राका २८ पर्व पूजाहरु

१. गथामुग पूजा– साउन १० गते
२. नवदूर्गा मन्दिर मूल ढोकामा ताल्चा लगाउने–साउन १० गते राति
३. छाप्रो बनाउन–दिन हेरेर
४. ताल्चा खोल्ने– भदौ ९ गते विहान
५. पञ्चदान– भदौ ९ गते
६. छाप्रोमा नाथ गुरु स्थापना गन– साइत हेरेर
७. नवदूर्गा गणको नयाँ मुकुट बनाउने
८. आँग सिं लिन जाने– साइत हेरेर
९. देवगणहरुद्धारा जल लिन जाने– साइत हेरेर
१०. देवगणहरुद्धारा देवता लिन जाने– साइत हेरेर
११. खिसी लिने ९मन्दिर भित्र गरिने अन्तरिक पूजा०– साइत हेरेर
१२. धागसी लिन जाने ९मन्दिर भित्रगरिने अन्तरिक पूजा०– साइत हेरेर
१३. सुनाकोठीमा होम गन– असोज १६ गते राति
१४. दसैमा जाग्राम बस्ने– असोज १८ गते
१५. दसैमा पाटन दरबार क्षेत्रमा नृत्य प्रस्तुत तथा मान मानेश्वरी देवीलाई फूलमाला चढाउने र पटुको टोलमा नृत्य– असोज १९
१६. दसैमा सुनाकोठीमा नृत्य प्रस्तुत– असोज २० गते
१७. दसैमा ठेचोमा नृत्य प्रस्तुत – असोज २० गते
१८. कोजाग्रत पूर्णिमा– असोज २२ र २३ गते
१९. देश भोज– असोज २४ गते
२०. आँग ख नाच ९श्वेत भैरव नाच देखाउने०– साइत हेरेर
२१. ठेचो तल्लो लाछीमा बाःखनाच देखाउन– साइत हेरेर
२२. ठेचो माथिल्लो लाछीमा बाःखनाच देखाउने– साइत हेरेर
२३. सुनाकोठीमा बाःखनाच देखाउने– साइत हेरेर
२४. योमरी पुन्हीमा मनाइने ठेचो जात्रा– मंसिर २२ र २३ गते
२५. बुंगमतीमा नृत्य प्रस्तुत– मंसिर २३ र २४ गते
२६. बुंगमतीमा नृत्य प्रश्चात ठेचोमा प्रसाद ग्रहण– मंसिर २५ गते
२७. पाथ तोनिगु– दिन हेरेर
२८. ठेचामा धुखःनाच– साइत हेरेर

WRITE COMMENTS FOR THIS ARTICLE