केपी ओलीजस्तो तानशाह नेपालमा जन्मिएको छैन – घनश्याम भुषाल
२८ फागुन
काठमाडौँ – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपी ओलीजस्तो तानशाह नेपालमा अहिलेसम्म नजन्मिएको बताउनु भएको छ ।
५० वर्ष अगाडि अफ्रिकी मुलुकहरुमा तानशाहहरुले यस्तै हर्कद देखाउने गरेको स्मरण गर्दै उहाँले नेपालमा केपी ओलीजस्तो तानशाह अहिलेसम्म नजन्मिएको बताउनु भयो ।
महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भएको उहाँले बताउनु भयो ।
ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका पदाधिकारी हटाएपछि उहाँले यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।
एमाले अध्यक्ष ओलीको यस्ता कदमलाई परास्त गर्नसक्ने शक्ति समाज र एमाले पार्टीमा रहेको भन्दै उहाँले त्यसलाई संगठित गरेर परास्त गरिने बताउनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE