प्राविधिक समस्या समाधानपछि पठाओको सबै सेवा सुरु
११ चैत
काठमाडौँ – मङ्गलवार दिउँसोदेखि बन्द भएको पठाओको सेवा २४ घण्टापछि बुधवार दिउँसोदेखि सुरु भएको छ । मङ्गलवार पठाओ नेपाल प्रालीले प्राविधिक कारण सेवा बन्द भएको बताएको थियो ।
सेवा फेरि सुरु भएसँगै बाइक, ट्याक्सी र फुड डेलिभरी सेवा सञ्चालनमा आएको पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताउनुभयो ।
पठाओको सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलअनुसार राइडको सहज परिस्थिति बनाउन तत्कालका लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकाले सम्पूर्ण राइडर साथीहरूलाई राइड लिँदा पठाओको लोगो अङ्कित कपडा प्रयोग नगर्न अनुरोध गरेको बस्न्यातले बताउनुभयो ।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड शेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो । सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE