कांग्रेस पदाधिकारी बैठक बस्दै
२१ वैशाख, काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा डाकिएको हो ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि सभापति देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको स्रोतले बताएको छ ।
पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE