निर्मला पन्त घटनाबारे बालबालिकाले प्रधानमन्त्रीलाई सोधेपछि
काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई निर्मला पन्तको बलात्कार र हत्या घटनाका दोषी पत्ता लगाउने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल स्काउटलेमंगलबार गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा विद्यार्थीहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘निर्मलाको बलात्कार र हत्याका दोषीहरुको खोजी भइरहेको छ। उनीहरु पत्ता लाग्छन्।’
उच्चस्तरीय छानबिन समिति गठन गरेर अनसुन्धान भइरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल प्रहरीले यस्ता घटना अनुसन्धान गरेर अपराधी पत्ता लगाउन सक्छ। अपराधी पत्ता लगाउन मैले पटक(पटक निर्देशन पनि दिएको छु।’ पन्तको बलात्कारपछि हत्या घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रियामा लैजान सुरुआती चरणमा प्रहरीबाट पनि केही गल्ती भएको प्रधानमन्त्रीले स्वीकार गरेका उनको सचिवालयले जनाएको छ ।
साउन १० गते साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त दोस्रो दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा मृत भेटिएकी थिइन् । कार्यक्रममा ओलीले मुलुकका बालबालिकाको चेहरामा खुसी देख्दा आफू पनि खुसी हुने बताए। ‘बालबालिकाको चेहरामा खुसी देखेँ भने म पनि खुसी हुन्छु’ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पिढीको चेहरामा मुस्कान हुनुपर्दछ। मानिसहरु भोकबाट मुक्त हुनुपर्दछ। कठ्यांग्रिएर मर्ने अवस्था आउनु हुँदैन। त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुसी हुन्छु।’
सामुदायिक विद्यालयका एक विद्यार्थीले सोधेका थिए, ‘सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै पुग्दैनन्। शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ?” प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक नपुग्ने विषय अब इतिहास भइसकेको भन्ने जवाफ दिएका थिए। कान्तिपुरबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE