श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्द्द्वारा राहत वितरण
२७ जेठ, काठमाडौँ – मुक्तिनाथ पीठ वेद विद्याश्रम, त्रिवेणीधाम नवलपुरका विद्यार्थीहरूद्वारा संगठित श्रीगजेन्द्रमोक्ष संस्कृत (परिषद्) ले नवलपरासी जिल्ला अन्तर्गत विनयी त्रिवेणी गा.पा. भित्रका अति विपन्न परिवारहरुलाई खाद्यान्न,औषधि र स्वास्थ्य सुरक्षाका सामग्रीहरू वितरण गरेका छन । 
कोरोना भाइरसको दोश्रो लहरले नेपाल आक्रान्त र लकडाउनका कारण कैयन नेपालीहरुको दैनिक रोजिरोटीमा समेत असर परेकाले अतिविपन्न असहाय आमाबुबा र गुजारा गर्नै मुस्किल परिवारलाई यस परिषद्ले सहयोग गरेको हो ।
अति विपन्न करिब घर परिवारलाई परिषद्ले सहयोग गरेको हो । विभिन्न जिल्लाका पदाधिकारी सहित सदस्य एवं शुभचिन्तकहरुको सहयोगमा परिषद्ले सामाग्री वितरण गरेको हो । उक्त सामाग्री वितरणका लागि परिषद्का अध्यक्ष सुदर्शन बडालले घर घरमा पुगेर वितरण गर्नुभएको थियो । उक्त कार्यमा सकारात्मक उर्जाका साथ प्रेरणा प्रदान गर्नुहुने पूज्य श्रीस्वामीज्यू महाराज एवं मुलुकभरबाट आर्थिक ,शारीरिक र वैचारिक सहयोग गर्नुहुने यस गुरुकुलका भु.पु विद्यार्थी तथा उदारमना सज्जनहरूमा परिषद्का अध्यक्षले हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
परिषद्ले आगामी दिनहरुमा अन्य विपन्न परिवारहरुलाई सहयोग गर्ने कुरा परिषद्का सचीव सागर रिजाल (सनातन)ले जानकारी दिनुभएको हो । साथै यस पावन कार्यमा सहयात्रा गर्नका लागि आह्वान समेत गर्नुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE