दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के– के गर्न पाईंदैन ?
काठमाडौँ – राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न पाइँदैन ।
निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्नरनगराउन राजनीतिक दल, उम्मेदवार र नागरिकलाई सचेत गराएको छ ।
आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने र ४८ घण्टा अघिदेखि चुनाव प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ ले निषेध गरेकाले त्यस्तो कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान केन्द्रबाट ३ सय मिटर वरिपरि कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, चुनावको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेरलगायत कार्यलाई पूर्ण रूपमा निषेध गरिएको बताउनुभयो ।
यस्तै, सामाजिक सञ्जाल, अनलाइन वा अन्य कुनै पनि छापाबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रसारण तथा सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने, कमेन्ट गर्नेलगायतका सबै कुराहरू निषेध गरिएको छ ।
यस्तै, आयोगले चुनावको मौन अवधि अर्थात् ४८ घण्टाअघिदेखि मतगणना कार्य पूरा नभएसम्म जाँडरक्सी बिक्रीविवरण गर्ने तथा खाने कामलाई निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE