Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

तीन महिनाभित्रमा ६१ करोडवटा कोरोना खोप उत्पादन गर्छौं : चीन

असोज १०
काठमाडौं – चीनले यस वर्ष ९सन् २०२०० को अन्त्यसम्ममा ६१ करोड कोरोना खोप उत्पादन गर्ने त्यहाँका अधिकारीले दाबी गरेका छन्।विश्वभर नौवटा खोप परीक्षणको अन्तिम चरणमा छन्। तीमध्ये चीनले बनाएका ४ वटा पर्छन्।

चिनियाँ स्वास्थ्य अधिकारीले शुक्रबार आयोजित पत्रकारमा यस वर्षको अन्त्यसम्ममा झन्डै ६१ करोड डोज खोप उत्पादन गर्ने विश्वास व्यक्त गरेका हुन्।

पत्रकारसँग उनीहरूले भने, ‘खोप उत्पादनको वार्षिक उत्पादन क्षमता अर्को वर्षसम्म कम्तीमा एक अर्ब डोज हुनेछ।’ विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनले चीनले बनाएका ११ खोप क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको जानकारी दिँदै परिणाम प्रभावकारी देखिएको दाबी गरेका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले अहिलेसम्म आपतकालीन खोप कार्यक्रममा सहभागी कसैमा गम्भीर प्रतिकूल असर नदेखिएको बताएका छन्।

उनले खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यता पाउन भने अझै केही समय लाग्ने बताए। चीनमा उत्पादिन खोप आम जनताका लागि सस्तो हुने पनि उनले दाबी गरे। -एजेन्सी

WRITE COMMENTS FOR THIS ARTICLE