Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

म्याग्दीमा जीप दुर्घटना दुर्घटना हुँदा एक जनाको मृत्यु

म्याग्दीमा जीप दुर्घटना दुर्घटना हुँदा एक जनाको मृत्यु

१५ साउन, काठमाडौं– म्याग्दीमा आज बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकमदेखि बेनी आउने क्रममा सोही वडाको बारिका सडकमा ग १ ज ६८०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ताकमका २७ वर्षीय विकास सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक सुनारको शव करिब तीन सय तल भेटिएको थियो भने जीप सडकदेखि करिब २५ मिटर तल सल्लाको रुखमा अडिएको थियो ।

जीपमा चालक सहित ९ जना सवार थिए । चालकको टाउको र छातीमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE