Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

साल्ट ट्रेडिङले निषेधाज्ञा अवधिभर खाद्य वस्तु र एलपी ग्याँसमा २० प्रतिशत छुट दिने

साल्ट ट्रेडिङले निषेधाज्ञा अवधिभर खाद्य वस्तु र एलपी ग्याँसमा २० प्रतिशत छुट दिने

२० जेठ, काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञाअवधिभर खाद्य वस्तु र खाना पकाउने एलपी ग्यासपा २० प्रतिशत छुट दिने भएको छ ।

आगामि आर्थिक वर्ष ७८÷७९ को बजेट वक्तव्यका क्रममा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुटमा खाद्यवस्तु र एलपी ग्यास दिनुपर्ने व्यवस्था गरेपछि कर्पोरेसनले छुट दिने भएको हो ।

यो निर्णय सँगै निषेधाज्ञा अवधीभर पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने ग्यासकोबिक्री मूल्यमा २० प्रतिशत छुट दिइ कर्पोरेसनले सर्वसाधारणलाई दिनेछ ।

यद्यपि उक्त छुट पाउनका लागि आफ्नो परिवारको विवरण र लिन जाने व्यक्तिको नागरिकताको फोटोकपी आवश्यक पर्ने कर्पोरेसनले जनाएको छ । खाद्य वस्तु तथा एलपी ग्यासको बिक्री कर्पोरेसनको बिक्रि कक्षबाट हुने जनाइएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE