Date
आइत, माघ ६, २०८१
Sun, January 19, 2025

सहकारीमार्फत करिब ८ लाख ठगी गरेर फरार रहेका एक व्यक्ति ३ वर्षपछि पक्राउ

सवाल सम्वाददाता
काठमाडौँ- सहकारीमार्फत ८ लाख ४६ हजार ठगेको अभियोगमा दोषी ठहर भएका व्यक्ति ३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने रोशन श्रेष्ठ छन् ।

चावहिल शाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरी ३३ लाख ८५ हजार रुपैयाँ ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका सम्बन्धमा उच्च अदालत पाटले २०७३ जेठ २५ गते श्रेष्ठविरुद्ध २ वर्ष कैद र ८ लाख ४६ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले पक्राउ गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE