एसईईको नतिजा साउन २५ सम्ममा सार्वजनिक हुने
एसईईको नतिजा साउन २५ सम्ममा सार्वजनिक हुने
१२ साउन, काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन २५ सम्ममा सार्वजनिक गर्ने तयारी गर्ने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले (एसईई) को नतिजा साउन २५ सम्ममा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट आएको बताइएको छ ।
यसअघि परीक्षा नियन्त्रण कार्यालयले साउन मसान्तमा परीक्षा प्रकाशन बताएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE