एक टिपरसहित काठ तस्करीमा संलग्न चार पक्राउ
एक टिपरसहित काठ तस्करीमा संलग्न चार पक्राउ
३१ जेठ, काठमाडौं– प्रहरीले अवैध काठ सहित रूपन्देहीको देवदहबाट एक टिपर र तस्करीमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलिले लु २ ख ४५०१ नम्बरको टिप्परसहित चार जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरीको टोलीले सोमबार बिहान ३ बजेतिर गस्तीको क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा टिपर चालक पाल्पाका झविन्द्र बलाल, गंगाबहादुर बुढा, बुटवलका रोहित घले र देवदह चरङ्गेका प्रेमबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टिपरमा १ सय ४२ क्युफिटका ४० पिस सालका गोलिया भेटिएपछि नियन्त्रणमा लिइ काठ बरामद गरिएको छ।
बरामद काठ, टिपर र त्यसमा संलग्न चारै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरिएको काठ झण्डै पाँच लाख रुपैयाँ बराबरको रहेको बताएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE