नाम र चुनाव चिह्न परिवर्तनका लागि एमाले–माओवादीलाई आयोगको पत्राचार
२५ फागुन
काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रलाई आ–आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि निर्वाचन आयोगले पत्राचार गर्ने तयारी गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको आधिकारीकता ऋषि कट्टेललाई दिने फैसला गर्दै आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच दुई वर्षअघि भएको एकता प्रक्रिया खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएका थिए ।
सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द अस्तित्वमा आएकाले उनीहरुको नाम र चुनाव चिह्न परिवर्तनका लागि उपस्थित हुन निर्वाचन आयोगले प्रचार गर्ने तयारी गरेको हो । आयोगका अनुसार एमाले र माओवादी केन्द्र दुवैलाई आजै पत्राचार गरिनेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE