कांग्रेस सभापति देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र
कांग्रेस सभापति देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र
६ जेठ, काठमाडौं– नेपाली कांग्रेसले कोरोना रोकथाम र नियन्त्रका लागि ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । सिंहदरबारमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
यसैगरी महामारीको संक्रमण विस्तारका कारण, रोकथाम र उपचारबारे सुझाव दिएको छ ।
सरकारबाट कोरोना नियन्त्रणका नाममा भएको भ्रष्टचारको पनि छानविन गर्न जोडदार माग गरेको छ । त्यस्तै, ध्यानाकर्षण पत्रमा ‘कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको छ । कोभिड—१९ को पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दु?पयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको’ जनाउँदै सीसीएमसीको क्षमतामाथि पनि कांग्रेसले प्रश्न गरेका छ ।
सभापति देउवाले तेस्रो चरणकको संक्रमण आउन सक्ने जोखिम हेरी यथासक्य चाँडो खोपको व्यवस्थापन गर्न माग गरेका छन् । उनले त्यसका लागि खोप ल्याउन कुटनितीक माध्यमबाट पहल सुरु गर्न सुझाएका छन् ।
देउवाले बुझाएको ध्यानाकर्षणपत्रमा पीसीआर परिक्षण, अस्पताल शैया र अक्सिजन व्यवस्थापनको माग पनि उल्लेख गरेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE