Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

एमालेका नेता नमिल्ने तर विपक्षीसँग गठबन्धन गर्न तयार हुने किन ? : भट्टराई

२६ जेठ, काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकतालागि गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ । बुधबार उहाँले फेशबुकमार्फत साझा निष्कर्ष र साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी भएको धारणा राख्नुभएको हो ।

एमाले एकताको समस्याका मूल जड भनेकै केपी शर्मा ओली झलनाल खनाल र माधव नेपालसँग मिल्न तयार नहुने र झलनाथ(माधव केपीसँग मिल्न तयार नहुनु नै रहेको टिप्पणी गर्नुभएको छ।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।’उनले भनेका छन्,‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।’

कसले, किन र के का लागि गर्दैछ यो सब रु भट्टराईले प्रश्न गर्दै थप्नुभएको छ, ‘एमाले एकताको समस्याको मुल जड यहिँ छ।’

एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ। अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनीभूत संवादमा जुटिरहेका बेला भट्टराईको यस्तो भनाई आएको हो।

राजधानीको समिट होटलमा मंगलबार पार्टीको एकता कसरी जोगाउने भनेर दुवै पक्षका नेताहरू छलफलमा बसेका थिए। उक्त बार्तामा ओली पक्षबाट सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली अनि नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई सहभागी थिए। यो बैठकमा नेपाल पक्षबाट भीम आचार्य थपिएका छन्।

दोस्रो तहका नेता एकता हुनेमा अझै विश्वस्त देखिएका छन्। दुवै पक्षमा रहेका ‘केही अतिवादी’ले ओली र नेपाललाई मिल्न अवरोध गरिरहेको उनीहरूको निष्कर्ष छ। एमाले बलियो र सुदृढ भए मात्रै लोकतन्त्र र संविधानको संरक्षण हुने दुवै पक्षका दोस्रो तहका नेताको निश्कर्ष छ।  No description available.

 

 

WRITE COMMENTS FOR THIS ARTICLE