शीर्ष नेतालाई भट्टराईको सुझाव : राष्ट्रिय सहमति कायम गरी एमसिसी पारित गर्न जोड दिनुस्
१ असोज, काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसँग भेटवार्ता गरी विभिन्न सुझाव राख्नुभएको छ। भट्टराईले बिहीबार गठबन्धनमा रहेका शीर्ष नेतासँग बेग्लाबेग्लै भेट गरी उक्त सुझाव राखेको उहाँको सचिवालयले जानकारी दिएको छ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी भट्टराईले राष्ट्रिय सहमति कायम गरी एमसिसी पारित गर्नुपर्नेमा जोड दिनुभएको छ।
उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गरेर बजेट पारित हुने वातावरण निर्माण गर्न पनि आग्रह गर्नुभएको छ। भट्टराईले अहिलेको गठबन्धनलाई दीर्घकालीन बनाउने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको थियो।
‘यो गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र चुनावसम्मै लैजाने वातावरण बनाउन सबै नेताहरू जिम्मेवार हुनुपर्छ,’ भट्टराईले भन्नुभएको थियो। यस्तै जनचासो र जनहितका सामाजिक मुद्दालाई प्राथमिकतामा राखेर गठबन्धनका नेताहरू र सरकारले समन्वय गरी समाधान खोज्नेतर्फ लाग्नुपर्ने उहाँको सुझाव छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE