Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

स्वास्थ्य मन्त्रालयको ‘गुड प्राक्टिस’ पोर्टल सुरु

२४ माघ, काठमाडौं – स्वास्थ्यसम्बन्धी सूचनाहरु सजिलो तरिकाले प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइन पोर्टलको सुरुवात गरेको छ।

गुड प्राक्टिस नामक अनलाइन पोर्टलको सुरुवात गरिएको हो। स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनात्मक तथा नवीनतम पहलहरूलाई सुसूचित गर्ने र सिकाइ आदान(प्रदान गर्न सहजीकरण गर्ने उद्देश्यले यो पोर्टलको सुरुवात गरिएको मन्त्रालयले जनाएको छ।

पोर्टलमा संग्रहित सामग्रीहरुलाई विभिन्न स्रोतबाट संकलन गरिने मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्रमा गरिएका अन्य सकारात्मक, रचनात्मक, भइरहेका भन्दा फरक नवीनतम पहलहरूका बारेमा आवश्यक जानकारी दिइएको खाकामा पोर्टलमा प्रविष्ट गरी सहयोग गरिदिन पनि सबै संघ, प्रदेश तथा स्थानीय सरकार तथा मातहतका निकायहरु, सम्बन्धित सरोकारवालालाई आग्रह गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE