Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीबाट प्रा. डा. जागेश्वर गौतमलाई हटाइयो

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीबाट प्रा. डा. जागेश्वर गौतमलाई हटाइयो

१० जेठ, काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । प्रवक्ता गौतमलाई सोमबारको मन्त्रीस्तरीय निर्णयबाट प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको हो ।

प्रवक्ता बाट हटाएर उनलाई वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसअघि उनी स्वास्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्पतालको प्रमुख थिए । गौतमलाई युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीका रुपमा पठाइएको बताइएको छ ।

गौतमको ठाउँमा मन्त्रालयले प्रवक्ताको जिम्मेवारी भने कसैलाई तोकिएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE