दुधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि हुँदै
२८ पुष, काठमाडौं – पछिल्लो समय सबै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको छ । अब दूधको मूल्य पनि प्रतिलितर एकैपटक १० रुपैयाँ वृद्धि हुने भएको हो । हाल प्रतिलितर दूधको मूल्य ७६ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ मूल्य बढेर ८६ रुपैयाँ पुग्नेछ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डका प्रवक्ता डा. बालक चौधरीले प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको बताए । यसभन्दा पहिले २०७३ सालमा प्रतिलिटर ६ रुपैयाँ दूधको मूल्य वृद्धि भएको उनले बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE