प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको पूर्वसभामुखहरुको निष्कर्ष
प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको पूर्वसभामुखहरुको निष्कर्ष
११ जेठ, काठमाडौं– पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेका छन् ।
वर्तमान सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्वसभामुखहरुको छलफलले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएकोकोके संसद विघटन असंवैधानिक भएको ठहर गरेको हो ।
छलफल सकिएपश्चात पूर्व सभामुख ओनसरी घर्ती मगरले, ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन,’ भन्नुभयो ।
बैठकमा पूर्वसभामुखहरु कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित थिए भने एक जना भर्चुअल माध्यमबाट उपस्थित थिए । बैठकमा सुवासचन्द्र नेम्वाङ भने बैठकमा उपस्थित हुनुभएको थिएन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE