Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

तातोपानी नाकाबाट सामान आयात पुनः शुरु

१३ कात्तिक
काठमाडौँ
– चीनसँग जोडिएको तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आएको छ । नाकाबाट आज एक कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयले जनाएको छ । गत असोज ११ देखि बन्द नाकाबाट बिहीबार एक कन्टेनर स्याउ भित्रिएको हो ।

शुक्रबारबाट कम्तीमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान ल्याएर नेपाली यार्डसम्म उपलब्ध गराउने भन्सार कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नाकाबाट सामग्री आयात शुरु भइसकेको र सडक विभागले सडक मर्मत तत्काल शुरु गर्ने बताउनुभयो ।

कोभिड १९ को सङ्क्रमण र वर्षायामका कारण सो नाका अवरुद्ध हुँदै आएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE