Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

दुई विद्यालयका सञ्चालक कारबाहीमा

२६ साउन, काठमाडौँ – जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना महामारीका कारण जारी निषेधाज्ञा उल्लङ्घन गरी विद्यालय सञ्चालन गर्ने मकवानपुरको हेटौँडाका दुई विद्यालय सञ्चालकलाई जरिवाना गरी कारबाही गरेको छ ।

कारवाही पर्नेमा हेटौँडा उपमहानगरपालिका–७ नागसोतीस्थित तासिर इग्लिस सेकेन्डरी विद्यालयका सञ्चालक ३६ वर्षीय अमृतप्रसाद ढकाल र हेटौँडा उपमहानगरपालिका–५ स्थित ज्ञानोदय बालवाटीका विद्यालयका सञ्चालक मनहरि गाउँपालिका–५ बस्ने श्यामकुमार बानियाँलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

दुवै विद्यालयका सञ्चालकलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम सो कार्यालयले जनही रु १० हजारका दरले जरिवान गरेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE