Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

३१ जेठ, काठमाडौं– प्रहरीले तास खेल्दै गर्दा पूर्वी नवलपरासीबाट ८ जनालाई नियन्त्रमा लिएको छ ।

प्रहरीले कावासोती नगरपालिका–२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सागर कुँवर लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खलिरहेको भन्ने सूचना हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ३२ हजार ६ सय ९५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE