Date
बुध, अशोज ६, २०७८
Wed, September 22, 2021

भाक जोकोभिचको अस्ट्रेलियन ओपन जित

९ फाल्गुन
काठमाण्डौ
– मेलबोर्नः यस वर्षको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितातर्फ पुरुष एकलको उपाधि सर्बियाली खेलाडी नोभाक जोकोभिचले जितेका छन् ।

आइतबार सम्पन्न फाइनल खेलमा विश्व नं। १ जोकोभिचले विश्वमा तेस्रो वरियताका युवा रुसी खेलाडी डानी मेडभेडेभलाई रोड लाभर एरेना रंगशालामा सहजै तीन सेटमा पराजित गरेका थिए ।

चोटका कारण केही अस्वस्थ ठानिएका जोकोभिचले फर्ममा रहेका मेडभेडेभलाई ७–५, ६–२, ६–२ ले पराजित गरेका हुन ।

WRITE COMMENTS FOR THIS ARTICLE