Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

भारतका पूर्व-सीबीआई निर्देशक अश्विनीकुमारद्वारा आत्महत्या !

२२ असोज
काठमाडौँ – भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)का पूर्व(निर्देशक अश्विनीकुमारले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

समाचारअनुसार अश्विनीकुमारले  बुधबार आफ्नै निवासमा आत्महत्या गरेका हुन् । उनी नागाल्यान्डका पूर्व(राज्यपालसमेत हुन् । नागल्यान्डको राजधानी शिमलास्थित निवासमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

७० वर्षीय आश्विनीकुमारले  जीवनमा थकित भएपछि अर्को यात्रा तय गरेको सुसाइड नोटमा  उल्लेख गरेका छन् । त्यहाँको प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान सुरु गरिएको जनाएको छ  । एजेन्सीको सहयोगमा

WRITE COMMENTS FOR THIS ARTICLE