Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

पार्टी विवाद मिलाउन नेकपा एमाले छलफलमा व्यस्त, स्थायी कमिटी बैठक बस्दै

पार्टी विवाद मिलाउन नेकपा एमाले छलफलमा व्यस्त, स्थायी कमिटी बैठक बस्दै

१८ जेठ, काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीको स्थायी बैठक आज दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

एमाले विवाद उत्कर्षमा भएयता ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार नेतालाई पार्टीबाट निष्काषनको कारवाही गरेका छन् भने अन्य १२ जना लाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

यद्यपि हिजो बसेको नेकपा स्थायी कमिटीको बैठकले यसविषयमा केही निर्णय गरेको छैन् ।

यसअघि मंगलबार पनि नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो ।

काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जेठ ७ गते एमालेका वरिष्ठ नेता नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेपछि नेकपा विवाद सतहमा आएको छ ।

 

Sponsored
Sponsored

WRITE COMMENTS FOR THIS ARTICLE